मोहन बस्नेत साढे ११ हजार मतअन्तरबाट विजयी, ढल्यो एमालेको लालकिल्ला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत भारी मतअन्तरले प्रतिनिधि सभामा विजयी भएका छन् ।

शुक्रबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार नेता बस्नेत सिन्धुपाल्चोक २ बाट ११८७४ मतको फराकिलो मतअन्तरले विजयी भएका हुन् । बस्नेतले ३९३६७ मत प्राप्त गरेर विजयी भएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।

कांग्रेसका उम्मेदवार बस्नेतसँग एमालेका उम्मेदवार शेरबहादुर तामाङ पराजित भएका छन् । तामाङले २७४९३ मतसहित पराजित भएका छन् ।

सिन्धुपाल्चोक २ एमालेको किल्लाका रुपमा हेरिएको थियो । कांग्रेस नेता बस्नेतले एमालेको किल्लालाई फराकिलो मतअन्तरले विजयी भएर भत्काइदिएका छन् ।

सिन्धुपाल्चोकले विकासप्रेमी नेता पाएको छ । विगतमा सिन्धुपाल्चोक २ मा एमालेका नेताहरू निर्वाचित भएर गए पनि काम गर्न सकेका थिएनन् । कांग्रेस नेता बस्नेतसँग मतदाताहरूले ठूलो अपेक्षा राखेका छन् ।

राप्रपाका नरसिंह श्रेष्ठले २८१९, राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २४५२, नेकपा (माले)का कविराजगिरीले ६१२, स्वतन्त्रका ध्रुवप्रसाद पराजुलीले ३७८, मंगोल नेशनल अर्गनाइजेशनका कर्णवीर स्यांवु लामाले १८४, जनमत पार्टीका मंगलसिंह तामाङले १०९ मत पाएका छन् ।

राप्रपा नेपालका दिलिप विकले ८८, आमूल परिवर्तन मसिहा पार्टी नेपालका श्यामबहादुर तामाङले ३६, नेमकिपाका लक्ष्मीप्रसाद कुसीले १८, स्वतन्त्रका बद्रीप्रसाद चौलागाइँले १५ र संघीय लोकान्त्रिक राष्ट्रिय मञ्चका दावाछिरिङ शेर्पा १२ मतसहित पराजित भएका छन् ।

यसैबीच, सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका युवराज दुलाल अत्याधिक मतसहित विजयी भएका छन् ।

प्रदेश सभा २ मा कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ ‘समिर’ पनि विजयी भएका छन् ।

सिन्धुपाल्चोकका दुई प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सबै सत्तागठबन्धनले क्लीनस्वीप गरेको छ ।

सिन्धुपाल्चोकमा यस पटक एमालेको पत्तासाफ भएको छ ।

Published : Friday, 2022 November 25, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया