दीपक गिरीसँग फराकिलो मतअन्तरले कोमल वली पराजित, दाङमा एमालेको चुरीफुरी अन्त्य
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार एवम् पूर्वमन्त्री दीपक गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार राति सार्वजनिक भएको अन्तिम नतिजामा गिरी दाङ ३ बाट ७ हजार ८ सय १० मतको अन्तरले विजयी भएको दाङ कांग्रेसले जनाएको छ ।
कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मतसहित जित हातपारेका हुन् ।
गिरीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मतसहित पराजय व्यहोरेकी छिन् ।
एमालेका महासचिव शंकर पोखरेल दाङ २ बाट पराजित भएको केही घण्टाभित्रै कांग्रेसका उम्मेदवार गिरीले एमालेकी केन्द्रीय सदस्य समेत रहेकी वलीलाई फराकिलो मतअन्तरले हराइदिएका छन् ।
गिरीले आफ्नो क्षेत्रमा गरेको विकासको मूल्यांकन गरेर मतदाताहरूले शानदार रुपमा जिताएर पठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार बढी मत प्राप्त गरेका छन् ।
दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको थियो ।
राप्ती अञ्चलका जिल्लाहरूमा कांग्रेसले दाङ ३ मा मात्रै भाग पाएको थियो ।
दाङका तीन वटा क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सबैमा गठबन्धनले जित हासिल गरेको छ ।
दाङ १ मा प्रतिनिधि सभातर्फ मतगणना जारी छ । दाङ १ मा पनि सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले जित्ने पक्का छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया