कांग्रेसका उप–सभापति खड्का सुर्खेतबाट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस उप–सभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

बिहीबार राति सार्वजनिक अन्तिम नतिजाअनुसार खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उप–सभापति खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाही ११ हजार ६१९ मतको अन्तरसहित पराजित भएका छन् ।

पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।

Published : Thursday, 2022 November 24, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया