स्व.खुमबहादुरका छोरा अनुराग दाङबाट निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा २८ वर्षीय अनुराग खड्का प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक अन्तिम नतिजाअनुसार अनुराग दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् ।
कांग्रेसका उम्मेदवार अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेर विजयी भएका हुन् ।
निकतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मतसहित पराजित भएका छन् ।
कांग्रेसका उम्मेदवार अनुरागले एमालेका उम्मेदवार केसीलाई ३ हजार ५२ मतको अन्तरले पराजित गरेका छन् । ३८ हजार ५ सय ९२ मत खसेको थियो ।
पराजित भएका एमालेका उम्मेदवार केसी लमही नगरपालिकाका पूर्व मेयर हुन् ।
खुमबहादुरको निधनपछि अनुराग राजनीतिमा लागेका हुन् । बुवाकै योगदानको जगमा अनुरागले चुनाव जितेका छन् ।
अनुरागलाई प्रदेश सभाको टिकट दिलाउन उनकी आमा शिला शर्मा खड्का र उप–सभापति पूर्णबहादुर खड्काले विशेष पहल गरेका थिए । दाङ कांग्रेसका आफूभन्दा वरिष्ठ नेताहरूलाई टिकटमा उछिनेर अनुरागले प्रदेश सांसदमा जितेका छन् ।
प्रदेश सांसदमा निर्वाचित भएका अनुराग पार्टीको कुनै पनि जिम्मेवार पदमा छैनन् । उनी महाधिवेशन प्रतिनिधि मात्रै छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया