कांग्रेसका दिलेन्द्रले पनि प्रतिनिधि सभामा जिते
काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
बुधबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार बडू दार्चुलाबाट निर्वाचित भएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत खेम राज भट्टका अनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।
Published : Wednesday, 2022 November 23, 10:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया