कांग्रेसकै किल्ला मोरङमा गुरुराज घिमिरे पराजित
विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन् ।
बुधबार सार्वजनिक नतिजाअनुसार घिमिरे मोरङ–४ प्रदेश सभा क्षेत्र नं. १ मा पराजित भएका हुन् ।
कांग्रेस नेता गुरुराज घिमिरेलाई एमालेका उम्मेदवार जयप्रकाश चौधरीले हराएका हुन् ।
एमालेका चौधरीले १५ हजार ४६५ मतसहित निर्वाचित भएका छन् । कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मतसहित पराजित भएका हुन् ।
पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशस भामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् । कांग्रेस नेता घिमिरेले आफूले हारलाई स्वीकार गरेको बताएका छन् ।
निर्वाचित एमालेका चौधरीले मतदाताको भावना अनुसार प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताएका छन् ।
कांग्रेस नेता घिमिरे पार्टीभित्रका हरेक निर्वाचनमा पराजित हुँदै आएका छन् । प्रदेश नं. १ को सभापतिमा पनि घिमिरे पराजित भएका थिए ।
टिकट नपाएपछि सभापति शेरबहादुर देउवाविरुद्ध सडक आन्दोलन गरेका घिमिरेले टिकट लिएर चुनावमा प्रतिस्पर्धा गर्न गएका थिए ।
घिमिरेले प्रदेश सभाको निर्वाचन पनि एमालेसँग हारेका छन् । पार्टीले टिकट दिँदा पनि गठबन्धन भएका बेला चुनाव जित्न नसक्ने घिमिरेले अब के गर्ने हुन् भावी योजना केही बताएका छैनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया