कांग्रेस नेतृ हरिप्रभा काठमाडौंबाट निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्की श्रेष्ठ प्रदेश सांसदमा निर्वाचित भएकी छिन् ।
मंगलबार राति सार्वजनिक भएको नतिजाअनुसार खड्गी काठमाडौं क्षेत्र नं. ६ को प्रदेश सभा १ बाट विजयी भएकी हुन् ।
कांग्रेस नेतृ खड्गीले ४ हजार ३५६ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९३६ सहित पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले ३ हजार ७९८ मत प्राप्त गरेका छन् ।
विजयी खड्गी यसअघि विक्रम संवत २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उप–प्रमुखमा विजयी भएकी थिइन् ।
काठमाडौं महानगरपालिकाको वडा नं. २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार ७१५ मत खसेको थियो ।
उनले भनेकी छिन्, ‘मलाई २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं जिल्ला, क्षेत्र नं. ६ (१) प्रदेश सभा सदस्य पदमा विजयको शिखरमा पु¥याउन विशिष्ट भूमिका निर्वाह गर्नु हुने आदरणीय मतदाता, राजनैतिक दलका नेता, सहकर्मी मित्र, निर्वाचन आयोगका कर्मचारी, पर्यवेक्षक, सुरक्षाकर्मी, संचारकर्मी तथा सम्पूर्ण सहयोगी सहृदयीहरूमा हार्दिक आभार प्रकट गर्दछु ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया