बागमती कांग्रेसका सभापति बानियाँ फराकिलो मतसहित निर्वाचित
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका छन् ।
बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँ १८ हजार ७१७ मतसहित निर्वाचित भएका हुन् । बानियाँले आफ्ना प्रतिद्वन्द्वीलाई १ हजार ७ सय ८२ मतको अन्तरले पराजित गरेका छन् ।
कांग्रेस सभापति बानियाँले एमालेका लालबहादुर थापामगरलाई पराजित गरेका छन् ।
एमालेका थापाले १६ हजार ९३५ मत प्राप्त गरेका छन् ।
यसैबीच, सभापति बानियाँले आफूलाई निर्वाचित गराउन मतदान गर्ने मतदाताहरूप्रति आभार प्रकट गरेका छन् । उनले मतदाताको विश्वास र भरोसालाई कहिल्यै पनि अबमूल्यन नगर्ने बताएका छन् ।
सभापति बानियाँले मकवानपुरबाट आफूलाई ३ पटक विजयी बनाउने मतदाता र शुभेच्छुकलाई धन्यावाद दिँदै मकवानपुरको विकासका लागि कार्यालय स्थापना गरेर काम गर्ने बताएका छन् । उनले आफूलाई गठबन्धनका साथीहरूले ईमान्दारिताका साथ मतदान गरेर विजयी बनाएको पनि बताएका छन् ।
मकवानपुर–२ को प्रदेश सभा २ मा ३ स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया