कांग्रेसका लेखकले एमालेकी पाललाई १२ हजार मतअन्तरले हराइदिए
काठमाडौं । कञ्चनपुर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनाअनुसार लेखकले १२ हजार ७५ मतअन्तरसहित निर्वाचित भएका हुन् ।
लेखकले एमालेकी उम्मेदवार निरुदेवी पाललाई हराएका छन् । कांग्रेसका लेखकले ३० हजार ५२३ मत पाएका छन् ।
एमालेकी उम्मेदवार पालले १८ हजार ४४८ मतसहित पराजित भएकी छिन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए ।
Published : Wednesday, 2022 November 23, 8:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया