स्वतन्त्रसँग लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई पराजित

काठमाडौं । रोल्पाको प्रदेश सभा १ मा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन पराजित भएका छन् ।

बुधबार बेलुका सार्वजनिक भएको अनौपचारिक मतपरिणाम अनुसार अमरसिंहलाई स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले पराजित गरेका हुन् ।

दीपेन्द्रले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

दीपेन्द्रले १४ हजार ९२७ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरेर पराजित भएका छन् ।

दीपेन्द्र माओवादीको सशस्त्र द्वन्द्वका घाइते पनि हुन् ।

माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Published : Wednesday, 2022 November 23, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया