स्वतन्त्रसँग लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई पराजित
काठमाडौं । रोल्पाको प्रदेश सभा १ मा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन पराजित भएका छन् ।
बुधबार बेलुका सार्वजनिक भएको अनौपचारिक मतपरिणाम अनुसार अमरसिंहलाई स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले पराजित गरेका हुन् ।
दीपेन्द्रले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
दीपेन्द्रले १४ हजार ९२७ मत ल्याएर विजयी भएका छन् ।
कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरेर पराजित भएका छन् ।
दीपेन्द्र माओवादीको सशस्त्र द्वन्द्वका घाइते पनि हुन् ।
माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
Published : Wednesday, 2022 November 23, 7:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया