चार हजारको फरकमा उदयशम्शेरले नवराज सिलवाललाई हराइदिए, एमालेसँग लिए बदला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका ललितपुर १ का प्रतिनिधि सभातर्फका उम्मेदवार उदयशम्शेर राणा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगद्वारा बुधबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार राणाले २३८९२ मतसहित जित हातपारेका हुन् ।
राणाले आफ्ना प्रतिद्वन्द्वी ४१६४ मतअन्तरले पराजित गरेका हुन् ।

एमालेका नवराज सिलवाल उम्मेदवार बनेका थिए । सिलवालले १९२७८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ३२७७ मत पाएका छन् । राप्रपाका सन्दीप आचार्यले १६४१ मतपाएका छन् ।

मंगल नेशनल अर्गनाईजेसनका सूर्य तामाङ बलले १७२, नेमकिपाका कविन्द्र डंगोलले १४९, जसपाका गोपालराज राईले १४६, स्वतन्त्रका गोविन्द घिमिरे केसीले ८३, आमूल परिवर्तन मसिहा पार्टी नेपालकी विष्णु लामाले ३२ मत पाएकी छिन् ।

लोसपाका मनीषबहादुर श्रेष्ठले २४, नेश्नलिष्ट पिपुल्स पार्टीकी सुभद्रा महर्जनले १३, स्वतन्त्रका भुपेन्द्र सिल्वालले १२, कृष्णकाजी महर्जनले १०, गोकुल तिमल्सिनाले १०, शैलेन्द्र विष्टले ९ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरेले ८, नवराज घिमिरेले ७, विशाल तामाङले ६, फूलमाया लोले ५, सुमन भुम्जनले ४, राजकुमार तिमिल्सिनाले ३ मत पाएका छन् ।

यसैबीच, ललितपुर १ को प्रदेश सभ २ मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन निर्वाचित भएका छन् । महर्जनले आफ्ना प्रतिद्वन्द्वी एमालेका चेतनाथ सञ्जेललाई ४२१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

महर्जनले १३३६७ मत पाएका छन् । सञ्जेलले ९१६४ मत पाएका छन् ।

Published : Wednesday, 2022 November 23, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया