साढे ४ हजार मतअन्तरले शंकर भण्डारीले एमालेलाई हराए
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४ सय ७४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३ सय ७३ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार ४ सय २१ मत प्राप्त गरेका छन् ।
खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छभने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट एमालेसँग पराजित भएका थिए । यस पटक भण्डारीले एमालेलाई फराकिलो मतअन्तरले हराएर बदला लिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया