पछाडि परेपछि योगेश भट्टराईको ओठमुख सुक्न थाल्यो

काठमाडौं । ताप्लेजुङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री ‘पराग’ले अग्रता लिएका छन् ।

मंगलबार राति प्राप्त पछिल्लो नतिजाअनुसार क्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

एमालेका सचिव समेत रहेका उम्मेदवार योगेश भट्टराईले १ हजार ६ सय ५ मत पाएका छन् ।

४८ हजार ३ सय ७२ मत खसेको थियो । ४ हजार १ सय २१ मत गणना भएको छ ।

माओवादीका क्षेत्रीले एमालेका भट्टराईसँग ५ सय ५६ मतको अग्रता लिएका छन् ।

अहिलेसम्म फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङ गोला, लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक, पाथीभरा याङवरक ४ डुम्रिसेको मतगणना भइसकेको छ ।

Published : Tuesday, 2022 November 22, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया