रवि लामिछाने माथि उक्लिए, कांग्रेसका श्रेष्ठ तेस्रो स्थानमा

काठमाडौं । चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् ।

मंगलबार बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार पोखरेलले २३३१ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आफ्नो अग्रतालाई केही बढाएका छन् । लामिछाने दोस्रो स्थानमा उक्लेका छन् ।

लामिछाने मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका थिए ।

लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन् ।

अहिलेसम्म ७०४१ मत गणना भएको छ । लामिछानेले २२२७ मत ल्याएका छन् । उमेश श्रेष्ठको मत २०३६ मत छ ।

Published : Tuesday, 2022 November 22, 7:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया