रामहरि खतिवडाको मतगणना के भयो ? प्रदेशतर्फ कांग्रेस दोब्बर मतले अगाडि

काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसले प्रदेश सभातर्फ प्रारम्भीक अग्रता लिएको छ ।

प्रदेश सभा क्षेत्र नं. १ तर्फ कांग्रेसका उम्मेदवार प्रदीप सुनुवारले ८७९ मत पाएका छन् ।

एमालेले ४९२ मत पाएको छ । प्रदेश सभा २ मा कांग्रेस एमालेभन्दा दोब्बर मतले अगाडि देखिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेको अग्रता रहेको छ ।

एमालेका उम्मेदवारले ५९१ मत पाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारले ५०७ मत पाएका छन् । गठबन्धनका तर्फबाट २ मा माओवादी केन्द्रले उम्मेदवारी दिएको थियो ।

ओखलढुंगामा प्रतिनिधि सभातर्फ मतगणना हुन सकेको छैन । निर्वाचन कार्यालयका कर्मचारीहरूको त्रुटिले गर्दा प्रदेश सभातर्फको मत पत्र प्रतिनिधि सभाको बक्साभित्र परेपछि एमालेका उम्मेदवार यज्ञराज सुनुवारले लफडा गरेका छन् ।

निर्वाचन कार्यालयका कर्मचारीले आफूहरूको गल्तीका कारण केही मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा परेको स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् उम्मेदवार रामहरि खतिवडाले मतगणना गर्न आग्रह गरेका छन् । निर्वाचन कार्यालयका कर्मचारी पनि सकारत्मक छन् ।

एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित हुने डरले मतगणना हुन दिइरहेका छैनन् ।

Published : Monday, 2022 November 21, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया