रुपन्देही २ मा एमालेका विष्णु पौडेलको ‘घण्टी’ बज्यो, के छ अवस्था ?
काठमाडौं । एमालेका नेता एवम् रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेल पछाडि परेका छन् ।
प्रारम्भीक नतिजाअनुसार पौडेलले ६३९ मत पाएका छन् ।
पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पछाडि पारेका हुन् । गणेशले ७२३ मत पाएका छन् ।
विष्णु पौडेललाई पछाडि पारेर गणेश पौडेलले एमालेभित्र खैलाबैला बनाइदिएका छन् ।
रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरिदिएको थियो ।
Published : Monday, 2022 November 21, 7:46 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया