शंकर पोखरेललाई जिताउन सरकारी साधन स्रोत दुरुपयोग गर्ने कम्युनिस्ट मेयरलाई जनताले सबक सिकाए
घोराही । एमालेबाट निर्वाचित भएका दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मौन अवधिमा स्रोत साधनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही–१७ का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका हुन् । मेयर चौधरीले एमालेका प्रतिनिधि सभाका उम्मेदवार शंकर पोखरेलका लागि सरकारी साधन स्रोत दुरुपयोग गरेको आरोप छ ।
गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए । स्थानीयले मेयर चौधरीको गाडीको हावा फालिदिएर सबक सिकाएका छन् ।
मेयर चौधरीको सरकारी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका प्रमुख (एसपी) वीरबहादुर वलीले बताएका छन् ।
एमालेको पक्षमा चुनाव प्रभावित बनाउन चौधरीले सरकारी गाडी प्रयोग गरेका थिए ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिस्पर्धामा छन् ।
एमालेका नेता समेत रहेका मेयर चौधरीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आएका थिए ।
चौधरीले आफ्नो पदीय जिम्मेवारी विपरित एमाले महासचिव पोखरेलको चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया