कैलालीमा रामदुलारीको शव, ललितपुरका दीपेश कोठाभित्र मृत
कटनी । कैलाली जिल्लामा ७९ वर्षीया रामदुलारी डगौराको शव खोलामा भेटिएको छ ।
कैलारी गाउँपालिका–१ डम्मरा बस्ने डगौरा सोही ठाउँस्थित कटनी नदीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट बाहिर निस्केकी उनी अबेरसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त कटनी नदीमा शव फेला परेको हो ।
यता, नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१३ देउडी बस्ने ७१ वर्षीय दीर्घनारायण थनेत सोही नगरपालिका–१५ स्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार दिउँसो घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।
डोटीको जोरायल गाउँपालिका–३ तोडेगडा बस्ने ६१ वर्षीय हीरालाल ओली सोही गाउँपालिका–३ सेरी बरबरा खेतस्थित बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका–११ प्याङगाउँ बस्ने सुमन महर्जनको घरभित्र सोही ठाउँ बस्ने ३१ वर्षीय दीपेश देसार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको रोहीणी गाउँपालिका–१ सेमरपानीस्थित दशगजा नजिकै खेतमा भारत उत्तर प्रदेश महाराजगंज शास्त्रीनगर बस्ने ६० वर्षीय अमृत सहानी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया