सोलुखुम्बुका बस्नेत काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ ठेगाना भएका ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक पटक गरी उक्त रुपियाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाइएपछि उनलाई काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Published : Saturday, 2022 November 19, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया