स्व.खुमबहादुरका छोरा अनुरागको के छ अवस्था ? निर्वाचन जित्लान ?

घोराही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्कालाई विजयी बनाउन नेता कार्यकर्ताहरु स्वस्फूर्त रुपमा गाउँगाउँमा खटिएका छन् ।

अनुरागको माहोल पनि निकै राम्रो बनेर गएको छ । दैनिक घर दैलो र चुनावी कार्यक्रममा रहेका अनुरागलाई मतदाताहरुले आशीर्वाद दिएका छन् । दाङमा सहज रुपमा जित्ने कांग्रेसका उम्मेदवारमा अनुराग मात्रै देखिएका छन् । अनुरागलाई मतदाताको निकै ठूलो समर्थन छ ।

अनुरागलाई आफ्ना बुबा स्व.खुमबहादुर खड्काको योगदानले पनि मद्दत पुगेको छ ।

दाङको क्षेत्र नं. १ प्रदेश सभातर्फ २ का उम्मेदवार अनुरागलाई विजयी बनाए कांग्रेसका स्थानीय नेता र कार्यकर्ताहरु सक्रिय भएर लागेका हुन् ।

आइतबार घोराही उपमहानगरपालिकाको बरगद्दवामा अनुराग र प्रतिनिधि सभाका उम्मेदवार मेटमणि चौधरीको पक्षमा कांग्रेसका कार्यकर्ताहरु स्वस्फूर्त रुपमा गाउँ र टोलमा प्रचार गरिरहेका थिए । मतदाता थिएनन् । तर, कांग्रेसका नेता कार्यकर्ताले अनुराग र मेटमणिलाई भोट मागेर बिहानको चिसोमा हिँडेका थिए ।

बरगद्दवामा अनुराग र मेटमणिलाई भोट मागेर हिँडेका नेता कार्यकर्ताले सडकबाट आफूहरु निकै पीडित बनेको गुनासो गरेका छन् । उनीहरुले विगतमा एमालेले जितेर गए पनि विकासको काममा सिन्को पनि भाँच्न नसकेको बताएका छन् ।

मतदाताहरुले ठूलो गाडी र टिपरहरु चलेर भत्काएको सडक बनाउन पहल गर्नेलाई मात्रै मतदान गरेर जिताउने बताएका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह तथा झण्डा बोकेका कार्यकर्ताले प्रचार प्रसार गरिरहेका थिए ।

Published : Sunday, 2022 November 13, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया