रुपन्देही-३ मा खाणलाई महिला नेतृहरुले दिए जितको शुभकामना
भैरहवा । रुपन्देह क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणको पक्षमा जबरजस्त माहोल देखिन थालेको छ ।
चुनावी कार्यक्रम, घरदैलो र कोण सभाहरुमा खाणबाट मतदाताहरुले ठूलो अपेक्षा राखेका छन् । सिचाइँ मन्त्री, रक्षा मन्त्री र गृहमन्त्री बनेर देशको सेवा गरिसकेका खाणलाई मंसिर ४ गतेको चुनावपछि प्रधानमन्त्रीको रुपमा एक पटक हेर्न चाहेका मतदाता र शुभेच्छुकहरुले बताएका छन् ।
शुक्रबार भैरहवाको पौवा होटेलमा नेपाल महिला संघले गरेको कार्यकर्ता भेलामा धारणा राख्ने नेताहरुले खाणलाई रुपन्देही क्षेत्र नं. ३ ले भविष्यमा प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको बताए ।
लोकतान्त्रिक वाम गठबन्धनका नेताहरुले पनि खाणलाई प्रधानमन्त्रीमा आफूहरुले हेर्न चाहेको बताए ।
खाण ३ पटक मन्त्री बनिसकेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पटक पटक बसेर काम गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष बनिसकेका छन् ।
खाणले नै तरुण दललाई चलायमान बनाएका हुन् । खाणले बनाएको तरुण दलको त्यही संरचना अहिले पनि चलिरहेको छ । खाणमा कांग्रेस र मुलुकको नेतृत्व लिन सक्ने क्षमता पनि छ ।
खाणले रुपन्देही जिल्लामा विकासका विभिन्न योजनाहरु पनि अगाडि सारेका छन् । खाणले भैरहवामा चक्रपथ निर्माण, काठमाडौंसम्म जोड्ने छोटो मार्ग, दाउन्नेमा सुरुङ मार्ग जस्ता महोत्वकांक्षी र दीर्घकालीन योजना अगाडि सारेका छन् ।
पाल्पा जाने सिद्धबाबाको पहिलोबाट छुटकारा पाउन सुरुङ मार्गको केही दिनमा टेण्डर निस्कने पनि नेता खाणले बताएका छन् ।
आफ्नो क्षेत्र रुपन्देही ३ मा जनताको जीवनस्तर माथि उठाउन व्यापारिक, राजनीतिक, शैक्षिक, स्वाथ्यलगायतका विभिन्न दर्जौंन कार्यक्रम खाणले अगाडि सारेका छन् ।
आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा खाण विकासका लागि निकै अगाडि मानिएका छन् ।
खाणका प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहरा छन् । बोहरा यो क्षेत्रबाट बिगतमा जितेर गएका थिए । २०७४ को चुनावमा बोहरा पराजित भए । अहिले बोहरालाई एमालेको साथ छ ।
कांग्रेस नेता खाणले आफ्ना प्रतिस्पर्धीलाई हराउनेमा लोकतान्त्रिक वाम गठबन्धनका मतदाताहरु ढुक्क छन् । रुपन्देही क्षेत्र नं. ३ ले आफ्नो उन्नति, प्रगति र विकासका लागि खाणलाई जिताउने पक्षमा देखिएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनको यस पटक बहुमत आउने देखिएको छ । यस्तो अवस्थामा खाणलाई रुपन्देही ३ ले जिताएर पठायो भने विकास निर्माणका लागि बजेटको खोलो बग्ने अपक्षा शुभेच्छुकहरुको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया