एआईजी धानुकको अवकास, प्रहरीभित्र ४ एआईजी पद रिक्त
काठमाडौं । नेपाल प्रहरीका एआईजी रविन्द्रबहादुर धानुकले अवकास लिएका छन् ।
धानुकले बुधबारदेखि अवकास लिएपछि प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएको छ ।
धानुक उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी)मा कार्यरत थिए ।
मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणासहितका उच्च प्रहरी अधिकारीले धानुकलाई बिदाइ गरेका छन् ।
२०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका छन् ।
प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बिसी कात्तिक १४ बाट अवकाशमा गइसकेका छन् ।
बिसी र धानुकको अवकाशसँगै प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त भएको छ । रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् ।
एआईजीको बढुवामा डीआईजीहरू बसन्तकुमार कुँवर, मसाउद आलम खाँ, श्यामलाल ज्ञवाली, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्यल, दीपक थापागायत प्रतिस्पर्धामा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया