डोटीमा भूकम्पबाट भएको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले डोटी जिल्लामा भूकम्पले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर पूर्वी चौकी गाउँपालिका–३ मा मंगलबार राति गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

‘मृतकहरूप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ र उहाँहरूको आत्माको चीर शान्तिका कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

घाइतेहरूको उचित स्वास्थ्योपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग कांग्रेसले माग गरेको छ ।

Published : Wednesday, 2022 November 9, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया