जसपाका कोषाध्यक्ष चौधरी र सियारीका युवाहरू कांग्रेसमा प्रवेश
भैरहवा । जनता समाजवादी पार्टी (जसपा)का रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गरेका छन् ।
बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा आयोजित कार्यक्रममा कोषाध्यक्ष चौधरी कांग्रेस प्रवेश गरेका हुन् ।
गृहमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।
गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताएका छन् ।
चौधरीले कांग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताएका छन् ।
यसैबीच, सियारीका युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई रुपन्देही कांग्रेसका सभापति एवम् तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले पार्टी सदस्यता प्रदान गरेको कांग्रेस नेता विमल ढकालले बताएका छन् ।
गृहमन्त्री एवम् कांग्रेस नेता खाण रुपन्देही–३ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनेका छन् । खाणलाई सत्तागठबन्धन दलहरूको समर्थन छ ।
रुपन्देही–३ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डे र २ मा कांग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार बनेका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया