लिखुमा गठबन्धनको शक्तिशाली कार्यक्रम, रामहरिसहितका उम्मेदवारलाई भव्य स्वागत
लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किन सक्ने बताएका छन् ।
बुधबार ओखलढुंगाको लिखु–५ मा आयोजित चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत मागे । उनले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताए ।
आफू पराजित हुँदा पनि सधैँ ओखलढुंगाको विकासमा निरन्तर साथमा रहेको खतिवडाले बताए ।
खतिवडा ओखलढुंगामा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।
प्रदेश सभातर्फ १ का उम्मेदवार प्रदीप सुनुवारले पनि सत्तागठबन्धनका उम्मेदवारहरूलाई ईमान्दारिताका साथ मतदान गरेर विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार ओखलढुंगामा रहेको भन्दै गठबन्धनको भावनाअनुसार सबैलाई मतदान गर्नुपर्ने बताए ।
प्रदेश सभातर्फ २ मा माओवादीका बाबुराम गौतम उम्मेदवार बनेका छन् । उनीहरू सबैलाई सत्तागठबन्धनको समर्थन छ ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया