सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत र तामाङलाई मतदाताहरूद्वारा भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक–२ मा मतदाताहरूको समर्थन आउनेक्रम जारी छ ।
सिन्धुपाल्चोक–२ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेता बस्नेतलाई घरदैलो कार्यक्रममा मतदाताले स्वागत गर्ने गरेका छन् । हरेक ठाउँमा स्थानीय मतदाताको ठूलो उपस्थिति रहने गरेको छ ।
नेता बस्नेतसँग मतदाताहरूले विकासको अपेक्षा गरेका छन् । बस्नेत विकासप्रेमी र जनतालाई दुःख पर्दा आफै उपस्थित भएर सहयोग गर्ने नेतामा पर्छन् ।
प्रदेश सभा २ तर्फका उम्मेदवार कांग्रेसका नेता कृष्ण तामाङ ‘समिर’ पनि चुनावी प्रचारमा छन् । नेता बस्नेतसँगै घरदैलो कार्यक्रममा हिँडेका तामाङ र बस्नेतलाई मतदाताले ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरेका छन् ।
सिन्धुपाल्चोक–२ को प्रदेश सभा १ मा माओवादीका नेता युवराज दुलाल उम्मेदवार छन् । सत्तागठबन्धनको उनीहरूलाई समर्थन छ ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया