भक्तपुर–२ मा सत्तागठबन्धनलाई जिताउन तरुण अध्यक्ष गुरुङको आग्रह

भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ भक्तपुर–२ का प्रतिनिधि सभाका उम्मेदवार दुर्लभ थापाको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा अध्यक्ष गुरुङले सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् । उनले तरुणहरूलाई घरदैलो र मतदाताको घरघरमा पुगेर सत्तागठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न आग्रह गरेका हुन् ।

भक्तपुर–२ को प्रदेश सभा १ तर्फ कांग्रेसका नेता विष्णुराज कार्की उम्मेदवार छन् । प्रदेश सभा २ मा एकीकृत समाजवादीका डा.राजेन्द्रमान श्रेष्ठ उम्मेदवार छन् ।

अध्यक्ष गुरुङले प्रतिनिधि सभामा थापा तथा दुई वटा प्रदेशमा कार्की र डा.श्रेष्ठलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

भक्तपुर–२ मा जिल्ला सभापति समेत रहेका थापाले प्रतिस्पर्धीलाई हराएर कांग्रेसको झण्डा गाड्ने अभियानमा छन् ।

Published : Tuesday, 2022 November 8, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया