सभापति बानियाँलाई अर्का उम्मेदवारको समर्थन, तितुङको उम्मेदवारी निष्क्रिय
हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ (२)का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर तितुङ आफ्नो उम्मेदवारीलाई निष्क्रिय बनाएको घोषणा गरेका हुन् । तितुङले नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको जनाएका छन् ।
तितुङले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका छन् ।
पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन् । उनले आफ्नो उम्मेदवारीले प्राप्त उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरूलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको बताएका छन् ।
उनले आफ्नो अबको अभियान सत्तागठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार एवम् बागमती प्रदेशका सभापति बानियाँलाई विजयी गराउने रहेको जनाएका छन् ।
तितिङले सोहीअनुसार अघि बढ्न आफ्ना समर्थकलाई अपील गरेका छन् ।
सभापति बानियाँले तितुङ सो क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया