तास र कौडा खेल्ने ६० जना नगदसहित पक्राउ

काठमाडौं । लमजुङसहित विभिन्न स्थानबाट प्रहरीले ६० जना कौडा, जुवा, तास खेल्ने समूहलाई पक्राउ गरेको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–१ दुरागाउँ बस्ने रुपा दुराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामबहादुर दुरा समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १ सय २३ रुपियाँ र कौडा १६ थानसहित पक्राउ गरेको छ ।

यसैगरी लमजुङकै बेसीशहर नगरपालिका–११ चितिस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सुदीप सुयल समेत २५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २१ हजार २५ रुपियाँ र कौडा १६ थानसहित पक्राउ गरेको छ ।

तनहुँको भानु नगरपालिका–५ सेपाबंगैचा बस्ने ४४ वर्षीय शिवकुमार श्रेष्ठको रक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८७ हजार ५ सय २० रुपियाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।

यता, कपिलवस्तुको वाणगंगा नगरपालिका–७ वनगाई बस्ने ४७ वर्षीय रामु भुषालको जुनकिरी होटलमा जुवातास खेलिरहेको अवस्थामा भुसाल समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३६ हजार ८ सय १५ रुपियाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Saturday, 2022 November 5, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया