गेजा वाग्ले र हाम्रो नेपाली पार्टीका अध्यक्षबीच नक्सालको रेष्टुरेन्टमा गोप्य भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले र हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेबीच गोप्य भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित ग्रिन लिभ रेष्टुरेन्टमा वाग्ले र घिमिरेबीच गोप्य भेटवार्ता भएको हो । शुक्रबार राति करीव ७ बजेदेखि झण्ड ३ घण्टासम्म वाग्ले र घिमिरेबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।

निर्वाचनको प्रचार प्रसार तिब्र बनेका बेला कांग्रेस नेता वाग्ले र अध्यक्ष घिमिरेबीच के कति कारणले भेटघाट भएको केही बताइएको छैन ।

यस विषयमा जानकारी लिन घिमिरेसँग प्रयास गर्दा सम्पर्क हुन सकेन ।

वाग्ले र घिमिरेसहित ६ जनाले चुनावको तयारीका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष घिमिरेको पार्टीले चुनाव चिन्ह ‘लौरो’ लिएर प्रतिस्पर्धामा उत्रिएको छ । केही स्थानमा हाम्रो नेपाली पार्टीले उम्मेदवार पनि उठाएको छ ।

वाग्ले अध्यक्ष घिमिरेको पार्टीका उम्मेदवारलाई जिताउन रणनीति बनाउने उदेश्यले गोप्य भेटघाट गरेको हुन सक्ने स्रोतको भनाइ छ ।

Published : Saturday, 2022 November 5, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया