व्यापारीहरूको समस्याको समाधान सत्तागठबन्धनले गर्छ : उप–सभापति खनाल
घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले व्यवसायीहरूको समस्या समाधानका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन व्यवसायीहरूसँग अनुरोध गरेका छन् ।
शनिबार घोराहीमा व्यवसायीहरूको भेलामा खनालले व्यवसायीहरूको समस्या समाधानका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई अनुरोध गरे । उनले व्यवसायीहरू अहिले कठिन मोडमा रहेको बताउँदै व्यवसायीहरूलाई कसरी राहत दिन सकिन्छ भन्ने योजना सत्तागठबन्धनसँग रहेको बताए ।
कोरोना महामारीपछि व्यावसायिक क्षेत्र फस्टाउन नसकेको उनले बताए ।
बैकको ब्याज दिन प्रतिदिन बृद्धि भइरहेकाले व्यवसायीहरू चर्को ब्याजको मारमा परेको उनले बताएका छन् ।
उनले राज्य व्यवसायीहरूको समस्याप्रति गम्भीर बन्न आवश्यक भएको बताए ।
उप–सभापति खनालले दाङको व्यवसायिक केन्द्र घोराही भए पनि घोराही क्षेत्रका व्यवसायीहरू नै मारमा परेको र राप्तीको व्यवसायिक केन्द्रको रुपमा घोराही बजारलाई विकाश गर्न आवश्यक भएको बताएका छन् ।
व्यवसायीको व्यवसाय प्रवर्द्धनका लागि कार्यक्रम ल्याउन आवश्यक भएको उनको भनाई छ ।
उनले भने, ‘म पनि व्यवसायी भएकाले व्यवसायीहरूको समस्याबारे मलाई नजिकबाट समस्याहरूमा जानकारी छ ।’
‘अहिले हामी व्यवसायीहरू विभिन्न खालका समस्याहरूमा छौं’, उनले भने, ‘कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउन सकेको छैन । म आफै पनि व्यवसायी भएकाले पनि व्यवसायीहरूको समस्याका बारेमा नजिकबाट जानकार छु ।’
‘ती व्यवसायीको समस्या समाधानका लागि गठबन्धनलाई विजयी बनाउनु हुन म सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् ।
उप–सभापति खनालले दाङको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा सञ्चालन गर्न एमबीबीएस, नर्सिङ पढाई सुरु गर्नुपर्ने र त्यसको जिम्मेवारी आफूले लिने बताए ।
महेन्द्र अस्पताल रहेको समयमा स्तरबृद्धि गरेर राप्ती उपक्षेत्रीय अस्पताल बनाउन र त्यसपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि आफूले पहल गरेको बताएका छन् ।
उप–सभापति खनालले प्रतिष्ठानको सेवा सुविधालाई फराकिलो बनाउँदै शैक्षिक कार्यक्रम सुरु गरिने बताए ।
‘महेन्द्र अस्पताल हुँदा राप्ती उपक्षेत्रीय अस्पताल बनाउन र उपक्षेत्रीय अस्पताल हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन मेरो पनि ठूलो भूमिका छ’, खनालले भने, ‘आफूले स्तरबृद्धि गरेको संरचनालाई सफल रुपमा सञ्चालन गर्नका लागि फेरि पनि हाम्रो भूमिका आवश्यक छ ।’
उनले तुलसीपुरमा रहेको बिमानस्थलको स्तरबृद्धि गर्न एवं आवश्यकता अनुसार वैकल्पीक विमानस्थलको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
उप–सभापति खनाल दाङ–२ प्रदेश सभातर्फ १ मा उम्मेदवार बनेका छन् । खनाललाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।
दाङ–२ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी नेतृ रेखा शर्मा उम्मेदवार छिन् । प्रदेश सभा २ तर्फ कांग्रेसका प्रचण्डबिक्रम न्यौपाने उम्मेदवार छन् ।
दाङका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभामा सत्तागठबन्धनले जितेर कब्जा गर्ने रणनीति बनाएका छन् । दाङका सबै क्षेत्रमा सत्तागठबन्धनको राम्रो अवस्था रहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया