ओलीले एजेण्डा नै पाएनन्, झुठ बोलेपछि लेखकले भण्डाफोर गरिदिए
महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा एमालेद्वारा आयोजित चुनावीसभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गरेका थिए ।
शनिबार चुनावी घरदैलोमा रहेका कञ्चनपुर– ३ का प्रतिनिधि सभाका उम्मेदवार लेखकले ओलीले पुल बनाएको भनेर जनतालाई झुठ बोलेको बताए । उनले अध्यक्ष ओली जस्तो मुलुकको ठूलो नेताले झुट बोलेकोमा चिन्ता व्यक्त गरेका छन् ।
भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा साढे चार अर्ब बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रेय लिन खोजेर झुटको खेती गरेको बताएका छन् ।
‘माओवादीका साथीहरूले बरु हामीले पुल बनायौं भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो’, नेता लेखकले भनेका छन्, ‘एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए ?’
यति ठूलो नेताले झुट बोल्दा आफूले महाकालीमा पुल निर्माण गरेर ठूलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुसी भएको लेखको भनाई छ ।
‘मैले ठूलो काम गरेको रहेछु भनेर ओलीको झुटपछि म खुसी भए’, उनले भनेका छन्, ‘भारतबाट रेल, चीनबाट रेल देशभर रेलैरेल कुदाउँने ओलीका गफ मात्रै भए ।’
नेता लेखकले ओलीलाई सक्ने काम गर्ने आश्वासन दिन मात्रै सुझाव दिएका छन् । झुट नबोल्न ओलीसँग नेता लेखकका आग्रह छ ।
ओली सरकारको पालामा भीमदत्त नगरपालिकामा ५०/५२ करोडको घोटाला भएको भन्दै लेखकले त्यो क्लीयर गर्न आग्रह समेत गरेका छन् ।
‘जै घरको बुढो बौलियो, कुडो बौलियो, जसको घरमा मूली नै झुट बोल्छ उसको घरका अरु साँक्षी बोल्न र ?’, कांग्रेसका नेता लेखकले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया