सन्दीप लामिछानेलाई कारागारमा राख्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

लामिछानेलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको छ ।

Published : Friday, 2022 November 4, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया