रथी खड्काले पाए बलाध्यक्षको जिम्मेवारी, सेनाका तीन जनाको उच्च तहमा बढुवा
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार सैनिक मुख्यालय भद्रकाली, काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले रथी खड्कालाई दर्ज्यानी प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषदले कात्तिक १६ गते उपरथी खड्कालाई रथी पदमा बढुवा गरेको थियो । पदोन्नति भएका रथी खड्का बलाध्यक्षमा नियुक्ति भएका छन् ।
उपरथी दर्जामा बढुवा भएका सहायक रथी विजय थापा र सहायक रथी आशबहादुर तामाङ्ग (पीएच.डी.)लाई प्रधान सेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् ।
पदोन्नति भएका उपरथी विजय थापा सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति र उपरथी आशबहादुर तामाङ्ग नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया