मकवानपुर–१ मा कांग्रेसकी महालक्ष्मीको जादु चल्यो, मतदाताहरूले दिए आशीर्वाद

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले विकासको एजेण्डासहित आफ्नो चुनावी प्रचारलाई तिब्रता दिएकी छिन् ।

मकवानपुर–१ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएकी नेतृ उपाध्यायले घरदैलो गरिरहेकी छिन् । उनले बिहीबारदेखि आफ्नो प्रचारलाई सशक्त रुपमा अगाडि बढाएकी हुन् ।

नेतृ उपाध्यायले सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी बनाइ विकास, समृद्धि, लोकतन्त्र र संविधानको रक्षा गर्न अपील गरेकी छिन् ।

उनलाई विभिन्न स्थानमा मतदाताहरूले स्वागत गरेका छन् ।

विगतमा निर्वाचित बनाएर पठाएका जनप्रतिनिधिले विसकाको नाममा सिन्को पनि भाँच्न नसकेपछि मकवानपुर–२ का मतदाताहरूले कांग्रेस नेतृ उपाध्यायलाई विजयी बनाएर पठाउने तयारी गरेका छन् ।

कांग्रेसको सह–महामन्त्री समेत रहेकी नेतृ उपाध्यायलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।

मकवानपुर–१ मा प्रतिनिधि सभातर्फ उपाध्याय, प्रदेश सभा निर्वाचनतर्फ १ मा माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी र २ मा कांग्रेसका नेता आनन्दराम पराजुली उम्मेदवार बनेका छन् ।

Published : Friday, 2022 November 4, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया