नेपाललाई भारतले दियो २ सय वटा सवारी साधनहरू

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास लैनचौरले निर्वाचन सञ्चालनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारी साधनहरू प्रदान गरेको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाललाई सवारी साधनहरू हस्तान्तरण गरेका हुन् । उनले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारी साधन उपहार स्वरुप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरान प्रयोग गरिनेछ । जसमध्ये १२० वटा सुरक्षानिकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थपव्य वस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पु¥याउनेछ ।

अर्थमन्त्री शर्माले सवारी साधनलगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन् ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारी साधन उपहार स्वरुप प्रदान गरिसकेको छ ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासले जनाएको छ ।

यसैबीच, भारतले निर्वाचन आयोगलाई पनि सवारी साधनहरू प्रदान गरेको छ ।

राजदूत श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारी साधन उपहार स्वरुप प्रदान गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमायी ८० वटा सवारीसाधन रहेका छन् ।

Published : Friday, 2022 November 4, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया