सरकारकै शक्तिशाली निकायलाई ४ करोड ५० लाख चुना लगाउने यी ठगहरू पक्राउ
काठमाडौं । प्रहरीले ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार पक्राउ गरेको छ ।
नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपियाँ ठगी गरेको अभियोगमा वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा, बहुअरी बस्ने अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अन्सारी समेतले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा कीर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी ठगी गरेको खुलेको छ ।
हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागि भन्दै पटक–पटक गरी उक्त रुपियाँमा ठगी गर्ने कार्यमा संलग्न उनलाई वीरगंज महानगरपालिका–८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
उता, प्रहरीले काठमाडौंको बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपियाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
यता, प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ वीरेन्द्रचोक बस्ने ४५ वर्षीय सरोज कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ साईरामचोकस्थित सम्झना लामाले संचालन गरेको होटलमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा होटल संचालकले होटल बन्द गर्न खोज्दा बिभिन्न अश्लील शब्दहरू प्रयोग गरी गाली गलोज तथा दुर्व्यवहार गरी होटलमा समेत तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोलीमाथि नै हातपात गर्नुको साथै प्रहरीको गाडीमा समत क्षति पुर्याएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया