दाङमा रोशनी-शरद हत्या प्रकरणमा हेटौँडाबाट मान्छे पक्राउ, कारण अझै खुलेन
घोराही । दाङको दमारगाउँमा किशोर र किशोरीको हत्या अभियोगमा प्रहरीले हेटौँडाका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
दाङ प्रहरी हेटौँडा पुगेर ती व्यक्तिलाई पक्राउ गरेर ल्याएको हो । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको छ । हत्या प्रकरणमा तीन जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । धेरै व्यक्तिसँग सोधपुट पनि गरिसकेको छ । हत्याको कारण अझै खुलेको छैन ।
१५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्यापछि खाल्डो खनेर परिएको थियो ।
पक्राउ परेका टिप्पर चालकको बयानका आधारमा प्रहरीले हेटौँडाका व्यक्तिलाई पक्राउ गरेको स्रोतले जनाएको छ । यसअघि पक्राउ परेका टिप्पर चालक पनि हेटौँडाका हुन् ।
तुलसीपुर उप–महानगरपालिका–१३ दमारगाउँको जंगलमा हत्या गरी रोशनी र शरदको शव असोज ३० गते दिउँसो फेला परेको थियो ।
रोशनी र शरद असोज २७ गते राति साढे दश बजेदेखि बेपत्ता थिए ।
टिपर चालकले हजुरआमालाई फोन सम्पर्क गरी शरदको अवस्था सोधपुछ गरेको हुँदा त्यही आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
टिप्पर चालकको बयानका आधारमा सल्यानका अर्का एक युवक पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया