एआईजी बिसी घर गए, ३ पद खाली, को–को छन् बढुवाको लाइनमा ?
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) अरूणकुमार बिसीले अवकाश पाएका छन् ।
प्रशासन विभागमा कार्यरत बिसीले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएका हुन् ।
यसअघि नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको छ ।
बिसीको अवकासपछि एआईजीमा तीन वटा पद खाली भएका छन् ।
भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण एआईजी पदबाट अवकाश पाएका छन् ।
पोखरेलले आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
राजीनामा अस्वीकृत भएपछि पोखरेलको उमेर हदका कारण अवकाश पाएका थिए ।
कात्तिक २५ गते अर्को एआइजीको पद पनि खाली हुँदैछ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रविन्द्रबहादुर धानुकले पनि अवकाश पाउन लागेका छन् ।
रिक्त भएका एआईजी पदमा बढुवाका लागि डीआईजीहरू मसऊद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य प्रतिस्पर्धामा छन् ।
डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, अशोक सिंह लगायत पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया