सन्दीप र किशोरी काण्डमा यी व्यक्तिको नाम मुछियो, पर्दा उठ्यो

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।

नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका लामिछाने राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान हुन् ।

मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो ।

बयान लिने काम मंगलबार सकिएको छ । लामिछानेविरुद्ध बुधबार थुनछेक बहस हुनेछ ।

लामिछानेविरुद्ध १७ वर्षीया नबालिका (किशोरी)लाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।

लामिछानेले यसअघि दिएको बयानमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगको प्रतिवाद गरेका छन् । उनले किशोरीको आरोपविरुद्ध इन्कारी बयान गरेका छन् ।

लामिछानेले प्रहरी र सरकारी वकिलसमक्ष इन्कारी बयान गरेको सोमबार काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।

किशोरीको आग्रहमा भेट भएको, उनकै योजनामा नगरकोट पुगेको लामिछानेको बयानमा उल्लेख छ ।

किशोरीको करले राति होटलमा बसेको बयान लामिछानेले दिएका छन् । लामिछानेले किशोरीसँग कुराकानीमात्र भएको स्वीकार गरेका छन् ।

अर्का क्रिकेटर देव खनालमार्फत् किशोरीसँग चिनजान भएको लामिछानेले बयानमा उल्लेख गरेको बुझिएको छ ।

लामिछानेले किशोरीले आफूलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको जनाएका छन् ।

भदौ ५ गते किशोरीको करले आफूले भेटेको र कुराकानी गरेको बयानमा भनेका छन् ।

कुराकानी गर्दा आफ्नो अवस्था दयनीय भएकाले मद्दत चाहिएको र ती कुराहरू भेटेरमात्रै भन्ने बताएपछि आफू भेट्न तयार भएको लामिछानेले उल्लेख गरेका छन् ।

किशोरीले बारम्बार बोलाएपछि भदौ ५ गते बेलुकी ७ बजेतिर आफूहरूबीच भेट भएको लामिछानेले बताएका छन् ।

किशोरीलाई लिन आफ्नो गाडी लिएर पुगेको उनले जनाएका छन् । नगरकोट जाने योजना पनि ती किशोरीको भएको लामिछानेको उल्लेख गरेका छन् ।

लामिछानेले किशोरीलाई दरबारमार्गतिर गएर कफी खाने प्रस्ताव गरेका थिए ।

किशोरीले लामिछानेलाई बिहानदेखि नगरकोट जाने मुड बनाएको छु भनेर जबरजस्ती गरेको बयानमा लामिछानेले उल्लेख गरेका छन् ।

लामिछानले बयानमा भनेका छन्, ‘मैले भोलि गेम खेल्न केन्या जानुपर्नेछ र त्यसको तयारी गर्नुपर्छ भन्दा पनि, होइन मैले होस्टेलबाट साथीहरूलाई पनि नगरकोट जाँदैछु भनेर आएकी छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्‍यै गरिन् ।’

उनले भनेका छन्, ‘त्यसपछि खाजा खाएर फिर्ता आउने सर्तमा चित्त नदुखोस् भनेर सहमत भएर नगरकोट गएका थियौं । उनको नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन ।’

नगरकोटमा जानेक्रममा किशोरीले आफ्नो उमेर पनि १९ वर्षकी भएको बताएको लामिछानेको बयानमा उल्लेख छ ।

खाजा खाएपछि आफूले फर्किने कुरा निकाल्दा समेत किशोरीले त्यही बस्न कर गरेको लामिछानेले बयानमा बताएका छन् ।

लामिछानेले भनेका छन्, ‘यतै बसौंला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझ न भन्दा उनले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ ।’

लामिछानेले बयानमा भनेका छन्, ‘कोठामा पुगेपछि म कुराकानी गर्नका कुर्चीमा बसेँ भने म पछि उनले कोठाको ढोका लगाएर भित्रबाट लक गरेकी थिइन् ।’

‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भनेर जवाफ फर्काइन्’, लामिछानेले बयानमा भनेका छन्, ‘मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहें भने उनी बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरूम गई पुनः कुर्चीमा आई बसेँ ।’

उनले अर्को कोठा लिन खोजेको तर, किशोरीले लिन नदिएको बताएका छन् । लामिछानले अस्वीकार गरे पनि किशोरीले आफू दुई पटक बलात्कार भएको बयान दिएकी छिन् ।

Published : Tuesday, 2022 November 1, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया