औकात भुल्ने यी दुई प्रहरी नायव निरीक्षक निलम्बन, यस्ता छन् गम्भीर अपराध
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आचारण विपरितका काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भीक छानवनि गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया