एमालेको गठबन्धनमा पञ्चे र पापीहरू सम्मिलित : विद्वान गुरुङ
नवलपरासी । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केपी ओलीको गठबन्धनलाई पञ्चे र पापीहरूको गठवन्धन भनेर कठोर टिप्पणी गरेका छन् ।
शुक्रबार नवलपरासीमा आयोजित तरुण भेला तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले राजतन्त्र फाल्दाको हिमायती भएको एमालेले अहिले राजतन्त्रको नारा बोक्ने राप्रपासँग अप्राकृतिक गठवन्धन गरेको बताए । ‘त्यही एमालेको नेता माधव नेपाल अहिले हामीसँग हुनुहुन्छ’, उनले भनेका छन् ।
अध्यक्ष गुरुङले भने, ‘अझै हामीले धेरै गर्न बाँकी छ । जनताको हकधिकार सुनिश्चित गर्नु छ ।’
‘त्यसैले सत्तागठबन्धनको उम्मेदवारलाई देशभरि जिताउन तरुण दल लाग्नुपर्छ’, उनले भनेका छन् ।
‘जनताको त्याग र बलिदानीबाट ल्याएको गणतन्त्र र जनताले बनाएको संविधान धुजा–धुजा पारी च्यात्ने कार्य रोक्न सत्तागठबन्धन बनेको छ’, उनले भने ।
तरुणहरूलाई व्यक्तिगत कुरा सुनेर हिँड्ने छुट नभएको अध्यक्ष गुरुङले बताएका छन् ।
तरुणहरूलाई पूर्णरुपमा इमान्दारिताका साथ सत्तागठबन्धनका उम्मेदवारलाई जिताउ उनले निर्देशन दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया