इन्टरपोलको महासभामा आईजीपी सिंह सहभागी, मोदीद्वारा उद्घाटन
काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभा उद्घाटन भएको छ ।
मंगलबार भारतको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । महासभामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली पनि सहभागी छ । सिंह सोमबार नयाँदिल्ली गएका हुन् ।
मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने बताएका छन् । मोदीले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताएका छन् ।
विशेषतः साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको मोदीले उल्लेख गरेका छन् ।
भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरूको सहभागिता रहेको थियो । महासभामा नेपालसहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ । भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्वपूर्ण रूपमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया