ललितपुर–१ का कांग्रेसका उम्मेदवार राणा अस्वस्थ्य
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राण अस्वस्थ भएका छन् ।
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ललितपुर–१ बाट उम्मेदवारी दिएका राणालाई मंगलबारबाट स्वास्थ्यमा समस्या भएको हो । चुनावी प्रचार–प्रचारलाई तीब्र बनाइरहेका बेला राणाको स्वास्थ्यमा समस्या देखिएको छ ।
राणाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय साथीहरू ! शारीरिक अस्वस्थताका कारण चिकित्सकको सल्लाहअनुसार केहि दिन सार्वजनिक गतिविधि र भेटघाटलाई कम गरेको छु । छिट्टै निको भएर पुरानै क्रियाशीलताका साथ यहाँहरूसँग उपस्थित हुनेछु । जय नेपाल ।’
ललितपुर–१ मा राणाले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् । ललितपुर–१ को प्रदेश सभातर्फ ‘१’मा माओवादी केन्द्रका नेता हरि दाहालले उम्मेदवारी दिएका छन् ।
ललितपुर–१ को प्रदेश सभातर्फ ‘२’मा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया