कैलालीमा कांग्रेसको निर्मम निर्णय
काठमाडौं । नेपाली कांग्रेस कैलालीले सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति कैलालीले बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तीनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
कारबाही पर्नेमा कैलाली–३ मा उम्मेदवारी दिएका नवीनकुमार बोहरा, २ ‘२’ मा भरतकुमार शाही, ३ ‘२’का गोविन्दराज जोशी, ३ ‘२’का लक्ष्मण शाही र ४ ‘२’की भगवती पाठक ओझालाई कांग्रेसले कारबाही गरेको छ ।
उम्मेदवारसहित तीनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन् ।
भरतकुमार शाहीका समर्थक कमलकुमार बिक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि निष्काशित भएका छन् ।
कैलाली–५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया