थारु, विप्लव र सिके राउत समूहको माग कार्यान्वयनमा गयो : गृहमन्त्री खाण
बुटवल । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
आइतबार रुपन्देहीको बुटवल उप–महानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार–प्रसार कार्यालयको उदघाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रपरिषद् बैठकले गरिसकेको बताए ।
उनले यी राजनीतिक दलहरूलाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानून संशोधन गर्नुपर्ने भएमा कानून संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए ।
यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफूहरूसंग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया