चुनावका बेला सामाजिक सञ्जालमा छुद्र टिप्पणी नगरौँ : मीनकृष्ण महर्जन
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले निर्वाचनका बेला सामाजिक सञ्जालमा विभिन्न खालका व्यक्तिगत टिप्पणी हुन थालेको भन्दै चिन्ता जनाएका छन् ।
ललितपुर–१ ‘ख’मा कांग्रेसबाट प्रदेश सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका महर्जनले अरुको चारित्र हत्या गर्ने प्रयासमा केही तत्व सक्रिय रहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेका हुन् ।
उनले राजनीतिक उदेश्यका साथ सामाजिक सञ्जालमा आउने चरित्रहत्या हुने खालका कुरामा ध्यान नदिन आग्रह गरेका छन् ।
‘निर्वाचनको दिन नजिकिदै गर्दा सामाजिक सञ्जालमा विभिन्न खालको व्यक्तिगत टिप्पणी गरी अरुको चारित्रहत्या गर्ने प्रयासमा रहेको देखिन्छ’, उनले भनेका छन् ।
‘यस्ता खालका गतिबिधिले समाजलाई झन् बिखण्डनतिर लाने मेरो बुझाई छ’, नेता महर्जनले भनेका छन्, ‘समाज भनेको सबै मिलेर बसेको र एकअर्कामा भाइचारा भएको समाज नै आखिर सुन्दर समाज हुन्छ ।’
‘बिगत पाँच वर्षको परिणाम भनेको जनतामा निराशा र अविश्वास मात्र रहेको छ ।’
‘त्यसैले आम जनतामा राजनीतिदेखि वितृष्णा, बादल मडारीरहेको देखिन्’, उनले भने, ‘त्यसैले म सबै कार्यकर्ता र शुभेच्छुक अनि साथी भाइहरूमा सामाजिक एकता कायम राख्न र धैर्य गर्न अनुरोध गर्दै सामाजिक रूपान्तरणका निमित्त एकजुट भएर लागौं ।’
ललितपुर–१ मा सत्तागठबन्धन बलियो अवस्थामा छ । सत्तागठबन्धनविरुद्ध केही तत्वले पराजित हुने डरले विभिन्न खालका लाञ्छना लगाउने र चरित्र हत्या गर्ने गतिविधिहरू गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया