जुवातास खेलिरहेका १९ जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेका १९ जनाको समूहलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद पनि बरामद गरेको छ ।
चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ वर्षीय चिरञ्जीवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ५ सय २० रुपियाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपियाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया