बालेन र सविना दरबारमार्गको लण्डन पबमा नाचे
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ दरबारमार्गस्थित लण्डन पबमा पत्नी सविना काफ्लेसँग नाचेका छन् ।
लण्डन पब रेष्टुरेन्टमा बालेन नाचेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।
लण्डन पब हटाउन बालेन भदौ ८ गते आफैं डोजर लिएर पुगेका थिए ।
डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि लण्डन पब केही समय बन्द भएको थियो ।
मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भएको छ । पबसँग बालेनको कुनै समझदारी भएको त छैन भनेर प्रश्न पनि उठेको छ ।
बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहले महानगरले डोजर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको बताएका छन् । हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ ।
नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।
काठमाडौं महानगरपालिकाले कानूनअनुसार चलेको व्यवसायीहरूलाई सम्मान गर्छ भन्ने उदाहरण दिएको साहले बताएका छन् ।
पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सविना काफ्लेसँग नाचेको देखिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया