चुनावका बेला ‘जिगरवाली’ कांग्रेस नेतृ महालक्ष्मीको अभिव्यक्तिले देश हल्लायो
हेटौंडा । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले समानुपातिकतर्फको १ नम्बरमा भएको आफ्नो नाम हटाउन लगाएर जनताको बीचमा आएको बताएकी छिन् ।
मकवानपुरमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यायले भनेकी छिन्, ‘पार्टीका लिडरहरूले समानुपातिकतर्फ १ नम्बरमा बस्नुस् भन्नुभएको थियो । म स्वतः प्राप्त सांसद पद त्यागेर जनताको बीचमा आएको छु ।’
‘जनतासँगै रहेर काम गर्छु भनेर आएको छु’, उनले भनिन्, ‘जनताले मलाई मत दिन्छन् भन्ने मेरो विश्वास छ ।’
सह–महामन्त्री उपाध्यायले मकवानपुर– १ बाट प्रतिनिधि सभातर्फ मनोनयन दर्ता गराएकी छिन् ।
यसअघि संविधान निर्माणका लागि समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेको स्मरण गर्दै उनले अब जनताको बीचमा काम गर्न प्रत्यक्ष निर्वाचनमा होमिएको बताइन् ।
देशभरि सत्तारुढ गठबन्धनको पक्षमा माहौल बनेको नेतृ उपाध्यायले बताएकी छिन् ।
उनले मकवानपुरमा पनि गठबन्धनको जित सुनिश्चित रहेको बताएकी छिन् ।
‘जित्ने विश्वासका साथ म चुनावी मैदानमा होमिएको छु’, सह–महामन्त्री उपाध्यायले भनिन्, ‘म २०४८ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचन लडेंको थिएँ । मकवानपुर जिल्ला नै मेरो भूगोल हो ।’
मकवानपुर–२ बाट निर्वाचन लडेकी नेतृ उपाध्यायले यस पटक क्षेत्र नं. १ बाट टिकट लिएकी छिन् ।
आफू यहिँ जन्मिएको र मकवानपुरलाई नै कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएको उनले बताएकी छिन् ।
‘म देशको राजनीतिमा संलग्न छु, मैले भूगोल भनेर कहिल्यै छुट्याएको छैन’, उनले भनेकी छिन्, ‘समग्र मकवानपुर जिल्ला नै मेरो भूगोल हो ।’
कांग्रेस नेतृ उपाध्यायले पुरुषहरू सरह प्रतिस्पर्धा गरेर अधिकारका लागि मैदानमा उत्रिएको घोषणा गरेपछि देशभरि हलचल ल्याइदिएको छ । उपाध्यायलाई कांग्रेस मात्र नभई अरु दलमा पनि ‘जिगरवाली’ नेतृ भनेर प्रशंसा भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया